२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ बाढी पहिरो: मृतकको संख्या १५ पुग्यो, २३ अझै बेपत्ता



काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका बोबाङस्थित भुजीखोलामा गत बुधबार पहिरोसँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । २३ जना अझै बेपत्ता छन् ।

नेपाली सेना र नेपाल प्रहरीको टोलीले तीन दिनदेखि निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा शनिबार बिहान थप एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । यसअघि १४ जनाको शव फेला परेको थियो । मृत्यु भएका मध्ये १३ जनाको शव सनाखत भएको छ । दुई जनाको शव सनाखत हुन बाँकी छ ।

गत बुधबार राति ढोरपाटन शिकार आरक्षको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो ।बाढीले ८० घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । भूजीखोलमा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा अन्धकार बनेको छ । बाढीले बुर्तिबाङ–ढोरपाटन सडक बगाउँदा यातायात ठप्प भएकाले राहात सामग्री पु¥याउन कठिन परेको छ ।

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार ००:००  १ : ५६ बजे