२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८० पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर पछिल्लो २४ घन्टामा ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार, प्रदेश १ मा मोरङकी ४३ वर्षीया एक महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे ।

त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षीया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रदेश ५ मा नवलपरासीका ३६ वर्षीया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार ००:००  ४ : ५० बजे