२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातो मच्छिन्द्रनाथको रथ आज तानिने



काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आज आइतबार तानिने भएको छ । कोरोनाको जोखिमका कारण अन्योलमा परेको रथलार्ई ललितपुरको पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिन लागेको हो । जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले सामाजिक दुरी कायम गर्दै रथ तान्ने भएका हुन् । यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् ।

रथ तान्नको लागि उनीहरु दिउँसो ३ बजे गाः बहालमा भेला हुने बताइएको छ । रथ तान्नेहरूको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गाःबहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ ।

दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पु¥याइने तयारी गरिएको हो । सोमबार भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिनेछ ।

यसैसँगै २०७७ सालको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७७, २१ भाद्र आइतबार ००:००  ९ : १८ बजे