२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाका सिडिओको प्रस्ताव : नाकामा सेना खटाऊँ, दशैंसम्म लकडाउन गरौँ



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख अधिकारीरूले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरूको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए । उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए । अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरू आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए ।

यस्तै, भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् । योजनावद्ध रुपमा मानिसहरूलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन् ।

यस्तै, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए । चाडपर्वको समयमा मानिसहरूको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

प्रकाशित मिति : २०७७, २१ भाद्र आइतबार ००:००  ७ : ३९ बजे