२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती सेवा दिवस: यस वर्ष ४० कर्मचारीलाई पुरस्कार



काठमाडौं । आज (सोमबार) निजामति सेवा दिवस मनाइँदैछ । हरेक वर्ष भदौ महिनाको २२ गते निजामति कर्मचारीले यो दिवस मनाउँने गर्दछन् ।

विक्रम सम्वत २०१३ साल भदौ २२ गते तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामति सेवा ऐन जारी गरेको दिनको सम्झनामा विक्रम सम्बत २०६२ साल २२ गतेबाट यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारले हरेक वर्ष उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने गरेको छ । यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ ।

सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गरेको छ । तर यसवर्ष सर्वोत्कृष्ट कर्मचारी भने छनोट गरिएको छैन ।

१७ औं निजामती सेवा दिवसका अवसरमा पुरस्कारका लागि मुख्य सचिवको नेतृत्वमा गठित समितिले ४० जना कर्मचारीहरु छनोट गरेका छन् । जस अनुसार एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारी छनोट गरेको छ ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  १० : ०४ बजे