२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट मृत्यु भएकाको अङ्ग निकालिन्छ भन्दै अफवाह फैलाउने व्यक्ति पक्राउ



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको अङ्ग निकालिन्छ भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको डाक्टरले अङ्ग निकाल्ने गरेको अन्तर्वार्ता दिने सुवास सुब्बा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफूलाई प्राकृतिक चिकित्सक दावी गर्ने गरेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बूलाई सोमबार ललितपुरको ढोलाहिटीस्थित आयुर्वेद क्लिनिकबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपककुमार थापाले जानकारी दिए ।

पक्राउ परेका लिम्बूविरुद्ध अफवाह फैलाएको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । लिम्बूलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको थियो ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता दिंदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अङ्ग झिक्नु भएको दाबी गर्दै आएका थिए । तर, दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएको पाइएपछि उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  ११ : ५१ बजे