२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल्चोक झडपमा पक्राउ परेका ६ जनामा कोरोना पुष्टि



काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार परीक्षण गरिएका १६ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

कुटपिट अभियोगमा पक्राउ परेका १९ जनामध्ये तीन जनालाई भने छाडिएको थियो ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  १ : ३८ बजे