२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सूचना तथा सञ्चार विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छन् । ढकाल आइतबार, २१ भदौदेखि लागू हुनेगरी राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त भएका हुन् ।

उनलाई सूचना र सञ्चार विज्ञ सल्लाहकारसँगै तोकिएका अन्य जिम्मेवारीसमेत पूरा गर्न राज्यमन्त्री सरहको सेवासुविधा पाउनेगरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कूटनीतिक क्षेत्रमा समेत काम गरेका ढकालले पछिल्लो समय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा स्तम्भ लेख्दै आएका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका माधव शर्मा केही समयअघि त्यो जिम्मेवारीबाट विदा भएका थिए ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  ३ : १० बजे