२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाको निषेधाज्ञाबारे समीक्षा गर्न मेयर फोरमको बैठक बस्दै



काठमाडौं । काठमाडौं उत्यकामा जारी निषेधाज्ञाबारे समीक्षा गर्न उपत्यका मेयर फोरमको बैठक बस्दैछ । मंगलबार दिउसो १ बजे राष्ट्रिय सभागृहमा बैठक बोलाएको हो ।

यसअघि लगाएको निषेधाज्ञा बुधबार सकिन लागेकाले निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा सुझाव दिनका लागि छलफल गरिने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए । निषेधाज्ञाका सकारात्मक र नकरात्मक दुवै पक्षका विषयमा छलफल हुने भन्दै महर्जनले फोरमको बैठकले निषेधाज्ञाबारे साझा धारणा बनाएर सम्बन्धित निकायमा सुझाव पेस गर्ने बताए ।

मेयरहरुको फोरमले दिएको सुझावका आधारमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउँदै आएका छन् । यसअघि साउन १७ गते लगाएको निषेधाज्ञा बुधबार सकिँदैछ ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  ४ : ०८ बजे