२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९७९ कोरोना संक्रमित थपिए, १ हजार ७३६ डिस्चार्ज



काठमाडौं । नेपालमा सोमबार थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २१८ जनाको पीसीआर परिक्षण गर्दा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये काठमाडौंका २९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा संक्रमित रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

यस्तै थप १ हजार ७ सय ३६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३० हजार ६७७ पुगेको छ । यो संख्या कुल संक्रमितको ६५ प्रतिशत हो । हाल देशभर १६ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये होम आइसोलेसनमा सात हजार एक सय ९० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना छन् । ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन् ।

उपचाररत संक्रमितमध्ये एक सय ७१ जनाको आइसियूमा र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए । 

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  ४ : ३१ बजे