२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो




काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३ सय पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे । गत २४ घण्टामा काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

काठमाडौंका ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको छ । मोरङका ७६ वर्षीय, सिरहाका ७८ र ६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय, बाँकेका ५९ वर्षीय पुरुष र कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको छ ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  ४ : ५९ बजे