२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानिलकण्ठमा आरडिटी पोजेटिभ देखिनेको संख्या ३२ पुग्यो



नबिन धमला
अनलाइन सराेकार

काठमाडाैं – बुढानिलकण्ठ नगरपालिकामा थप ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । शुक्रबार १९० जनाको आरडिटी परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

यो सँगै बुढानिलकण्ठ नगरपालिकामा आरडिटी पोजेटिभ देखिनेको संख्या ३२ पुगेको छ ।

नगरपालिका भित्रका विभिन्न वडामा कोरोना संक्रमण रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, राजनीतिककर्मी तथा संञ्चारकर्मीको स्वस्थ्य परिक्षण गर्दा थप ११ जनाको नतिजा पोजिटिभ आएको र उनिहरुलाई बुढानिलकण्ठ ७ मा रहेको छहारी भवनको क्वारेन्टाइनमा पठाईएको बुनपा १० का वडाअध्यक्ष तथा नगर प्रवक्ता नबराज भट्टराईले अनलाइन सरोकारलाई जानकारी दिए ।

सतर्कता अपनाउन प्रवक्ता भट्टराईले सबैमा अपिल गरेका छन् ।

याे पनि पढ्नुहाेस्

https://onlinesarokar.com/249-2/

प्रकाशित मिति : २०७७, ९ जेठ शुक्रबार ००:००  ३ : ३४ बजे