२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन कार्यदल गठन



काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अनुसार एक उच्चस्तरीय कार्यदल गठन भएको छ । नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मीको संरक्षक र निजी क्षेत्रका ठूला संघसंस्थाबाट प्रतिनिधित्व गर्ने ६ जना अध्यक्षहरु संस्थागत संरक्षकका रुपमा राखी कार्यदल गठन भएको हो ।

कार्यदलमा अग्रज पर्यटन व्यवसायीलाई सल्लाहकारका रुपमा तोकिएको छ । टास्कफोर्सले उनीहरुबाट समेत सुझाव लिएर अध्ययन गर्ने भएको छ । टास्कफोर्समा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी लगायत रहेका छन् ।

विज्ञ सल्लाहकारमा होटेल द्वारिकाकी प्रवन्ध निर्देशक अम्बिका श्रेष्ठ, टेम्पल टाइगर ग्रुपका अध्यक्ष बसन्त मिश्र, बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेत, पर्यटन बोर्डका पूर्वसीईओ प्रचण्डमान श्रेष्ठ, यति एयरलाइन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २३ भाद्र मंगलबार ००:००  ३ : १४ बजे