२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निराशा र दिक्दारी हटाउन मनोचिकित्सकहरूको विशेष योगदान: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संकटको समयमा उत्पन्न हुने मनोसामाजिक समस्याको विषयमा मनोचिकित्सकसँग छलफल गरेका छन् । मगंलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले कोरोना संकटका कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रका सम्बन्धित निकायका अधिकारीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्रीले मनोसामाजिक समस्या सम्बोधनका लागि तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकको विशेष योगदान हुने बताए ।

प्रधानमन्त्रीसँगको छलफलमा प्रा.डा सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा.डा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायत विज्ञ सहभागी भएका थिए ।

बालुवाटार पुगेका सम्बन्धित क्षेत्रका विज्ञले प्रधानमन्त्रीसँग संकटको समयमा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायका विषयमा धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले विज्ञको सुझाव सुनेपछि तत्काल कोरोनाविरुद्धको परामर्शका लागि सचेतना अपनाउनु पर्ने धारणा राखेका छन् । उनले रेडियो र टेलिभिजन लगाय सञ्चार माध्यमबाट परामर्श र सचेतना फैलाउनुपर्नेमा जोड दिए । उनले यसका लागि मनोचिकित्सकको सक्रिय योगदान रहने बताए ।

प्रकाशित मिति : २०७७, २३ भाद्र मंगलबार ००:००  ४ : १९ बजे