२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा जनप्रतिनिधि, नेता र पत्रकार सहित ९ जना कोरोना संक्रमित थपिए



ओखलढुंगा । ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ र नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवारमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार कांग्रेसका जिल्ला सभापति सुनुवार, जिसस सभापति श्रेष्ठ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाब परीक्षण रिपोर्ट आएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठ सहित उनको परीवारका ३ जना सदस्यमा समेत कोरोना देखिएको छ । त्यस्तै जिल्लाका १ जना पत्रकार दिर्ग खत्रीमा समेत संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । नयाँ संक्रमित सबैलाई रुम्जाटार अस्पतालको आइसोलेसनमा लैजाने तयारी भईरहेको छ ।

पछिल्लो समय पठाइएको ८१ वटा स्वाब मध्ये १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीले बताए । उनका अनुसार ९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका सकृय संक्रमितहरुकै रिपोर्ट पोजेटिभ आएको हो ।

मंगलबार आएको रिपोर्टमा सुनकोशी गाँउपालिकाका सबैभन्दा धेरै ५ जना, खिजिदेम्बा गाँउपालिकाका १ जना, मानेभञ्ज्याङ गाउपालिकाका १ जना र जिल्लामा सरुवा भएर आएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै दिन १२ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सबैलाई सतर्क रहन आग्रह गरेको छ । भेटघाट र भिडभाड नगर्न आग्रह गर्दै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले संक्रमितहरु बढी घुमफिर गरिरहेका हुन सक्ने भएकाले सम्पर्कमा रहेकाहरुले स्वाब परीक्षण गराउनुपर्ने बताए । प्रशासनले विज्ञप्ती जारी गर्दे भिडभाड हुनेखालका कुनै पनि गतिबिधि नगर्न थप सुझाएको छ ।

जिल्लाका ५ जना सक्रिय संक्रमितमध्ये २ जनाले कोरोना जितेका छन् । मंगलबार थपिएका सहित गरेर जिल्लामा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २३ भाद्र मंगलबार ००:००  ४ : १८ बजे