२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनास्लु वल्ड कलेजको नयाँ नीति : उत्कृष्ट विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, पैसा नहुनेलाई सित्तैमा पढ्ने अवसर



काठमाडौं । काठमाडौंको चुचेपाटीमा स्थापना भएको मनास्लु वल्र्ड कलेजले उत्कृष्ट विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । देशका ७७ वटै जिल्लाबाट एसईईमा विद्यालय प्रथम हुने र GPA 4 ल्याएका विद्यार्थीलाई मनास्लु वल्र्ड कलेजले ११ र १२ कक्षामा पूर्ण छात्रवृत्ति दिने भएको हो ।

गुणस्तरीय शिक्षा दिँदै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लि.ले काठमाडौंको चुचेपाटीमा मनास्लु वल्र्ड कलेज स्थापना गरेको हो । विश्वमा असल अभ्यासहरु कार्यान्वय गर्दै नयाँ व्यवस्थापन सहित खुलेको कलेजले देशैभरका विद्यार्थीलाई समेटेर युग सुहाउँदो शिक्षा दिने तयारी गरिरहेको छ । उत्कृष्ट विद्यार्थीलाई पूर्णछात्रवृत्ति, गरिब तथा जेहेनदार विद्यार्थीलाई आवश्यक सुविधा र अन्यलाई समेत अध्ययान र अतिरित्त क्रियाकलापमा विशेष सहुलियत सहितको शिक्षा दिईने मनास्लु वल्र्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठको भनाई छ । ‘७७ वटै जिल्लाका स्कुल टपर र GPA 4 ल्याएका सबै विद्यार्थीलाई हामी पूर्ण छात्रवृत्ति दिन्छौं । अतिरिक्त क्रियाकलाप लगायतमा समेत विद्यार्थीको अवस्था हेरेर सक्दो कम शुल्क लिने र धेरैभन्दा धेरै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने लक्ष्य छ ।’ प्रिन्सिपल श्रेष्ठले अनलाइनसरोकारसँग भने,‘कोही गरिब छ । पैसा नभएकै कारण पढ्न पाउँदैन भन्ने अवस्था भए उसलाई सित्तैमा पढाईदिन्छौँ तर पैसा नभएकै कारण उ पढाईबाट बञ्चित नहोस् ।’ लामो समयदेखि शिक्षाकै क्षेत्रमा आवद्ध व्यक्तिहरुले कलेजको नेतृत्व गरिरहेकाले विश्वमा विक्ने जनशक्ति उत्पादन गर्दै विद्यार्थी र अभिभावकको मन जितेर अघि बढ्ने उनको दावी छ । कोरोनाको कहरका कारण कलेज छनौट गर्न नसकेका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको ग्यारेन्टी भएको मनास्लु कलेजमा आउन प्रिन्सिपल श्रेष्ठले आग्रह गरेका छन् । ‘सस्तो लोकप्रियताका लागि मनास्लुले विज्ञापन गरिरहेको छैन । धेरै भन्दा धेरै विद्यार्थीले लाभ लिनेछन् । मनास्लुको छाता भित्रबाट सुन्दर भविष्यका लागि चाहेको विषयमा ज्ञान आर्जन गर्नेछन् भनेर जानकारी दिईरहेका छौं । अहिले हामीलाई विद्यार्थीको चाप अनुमान गर्दा थुगिनसक्नु हुने अवस्था छ तर पनि हामी अझै धेरै विद्यार्थीलाई समेट्ने योजनामा छौं ।’ उनले भने,‘लाखौं खर्च गर्ने, समयको बर्बाद उस्तै तर न त व्यक्तित्व विकास, न क्षमताको बढावा, न त शैक्षिक स्तरमै सुधार हुन्छ त्यसैले जहाँपायो त्यहाँ अरुको लहैलहैमा लागेर कलेज नछान्नुहोला । एक पटक मनास्लुमा स्वागत छ आउनुस् हामी त यति सम्म ग्यारेन्टी गछौं तपाईको बालबालिकाको पढाई तपाईले सोचेजस्तो भएन । हामीले भनेजस्तो ज्ञान दिन सकेनौं भने लिएको सबै रकम फिर्ता गर्दिन तयार छौं । भन्नुको मतलव त्यो अवस्था आउन दिँदैनौं ।’ आफ्नो कलेजमा अध्ययान गरेका विद्यार्थीलाई अध्ययानपछिको रोजगारी र व्यवसाय सञ्चालनमा समेत मार्गनिर्देश गर्ने प्रिन्सिपल श्रेष्ठको भनाई छ ।

लामो समय देखि शैक्षिक क्षेत्रमा क्रियाशिल अनुभवी युवा उद्यमीहरुले कलेज स्थापना गरेका हुन् । शिक्षा क्षेत्रमा ख्यातीप्राप्त व्यक्तिहरुले सञ्चालन गरेको यो कलेजमा प्रविधिमैत्री कक्षा मार्फत सिपमूलक व्यवहारिक र संस्कारयुक्त शिक्षामा जोड दिईने मनास्लु टिम अफ इन्टरप्रिनरका अध्यक्ष गेन्द्र लामाले बताए । गुणस्तरीय शिक्षाको खोजीमा भौतारिनुपर्ने बाध्यताको अन्त्य गरिएको उनको भनाई छ । ‘शिक्षाको खोजीमा काठमाडौं आएर कलेज चहार्नुपर्ने विद्यार्थीको बाध्यता अब रहन्न । मनास्लु वल्र्ड कलेज समयको माग र आवश्यकतामा केन्द्रित भएर विश्वमा जहाँ पनि योग्य हुने विद्यार्थी उत्पादन गर्न प्रतिवद्ध छ ।’ अध्यक्ष लामाले अनलाइन सरोकारसँग भने,‘अभिभावकले जिम्मा लगाएका विद्यार्थीको भविष्य उज्जवल बनाउन गर्नुपर्ने सबै व्यवस्थापन र अपानाउनुपर्ने विधि कुनै बाँकी राखिन्न ।’ विद्यार्थीको चौतर्फि विकासकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण गराउने र विश्वका असल अभ्यासहरु कलेजमा लागु गरिने अध्यक्ष लामाको भनाई छ ।

लामो समय शिक्षा क्षेत्रमा कृयाशिल, उर्जासिल युवा उद्यमिहरुद्वारा संचालित आधुनिक सुविधा सम्पन्न भवनमा रहेको मनास्लु कलेजले दक्ष, अनुभवी तथा युवा उर्जावान विषय विज्ञद्धारा अध्ययापन गराउने, शान्त एवं रमणीय वातावरणमा पठनपाठन सञ्चालन गर्ने, विज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा, खेलकुद तथा बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु र विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गरि शैक्षिक अनुभवको आदान प्रदान समेत गराउने, पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रमको आलावा अन्य सिपसँग सम्बन्धित अतिरिक्त क्रियाकलापमा जोडदिने र अध्ययानमा उत्कृष्ट, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विद्याका अब्बल विद्यार्थीलाई पूर्ण छात्रवृत्ति समेत प्रदान गर्ने मनास्लु कलेजले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार ००:००  २ : २१ बजे