२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असोज १ देखि देशैभर सार्वजनिक सवारी सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा



काठमाडौं । यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले कोरोना नियन्त्रण गर्न भन्दै सार्वजनिक यातायात संचालनमा रोक गरेको बेला व्यवसायीले देशैभर यातायत सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले यातायात खुलाउन सहजीकरण नगरे पनि विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले बुधबार यातायात व्यवस्था विभागलाई कि विकल्प दिनुस्, कि यातायात आगामी १ गतेबाट सञ्चालन गर्छौ भनेर जानकारी गराएको बताए ।

गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । यसबीचमा मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका थिए ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार ००:००  ५ : २८ बजे