२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा टुटल र पठाओ सञ्चालन



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै राईड सेयर कम्पनी टुटल र पठाओले पनि सेवा सुरु गरेको छ । सरकारले जोर विजोरका आधारमा निजी मोटरसाइकललाई चल्न पाउने अनुमती दिएपछि सेवा सुरु गर्न लागिएको टुटलका म्यानेजर आयुस कार्कीले जानकारी दिए ।

सेवा दिंदा स्वास्थ्य प्रोटोकललाई विषेश ध्यान दिइने उनको दावी छ । लामो समयदेखि राइडरहरु बेरोजगार भएकाले उनीहरुबाट कुनै पनि प्रकारको कमिसन नलिइने कार्कीले बताए ।

त्यस्तै बिहीबारबाट पठाओको ट्याक्सी र मोटरसाइकल दुवैको सेवा सुचारु भएको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । तर, पठाओमा सिमित राइडरले मात्र राइड सेयरको अनुमती पाउने भएका छन् ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सबैलाई राइड सेयरको अनुमती दिन नसकिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७, २५ भाद्र बिहीबार ००:००  १० : १४ बजे