२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बैठक बस्दै: कुलमानको कार्यकाल थप गर्ने तयारी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने तयारी भएको छ । ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद बैठकमा पेश गर्ने तयारी गरेको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

मन्त्रीपरिषदको आजको नियमित बैठकबाट कार्यकारी प्रमुखमा घिसिङलाई पुनः नियुक्त गर्ने सम्बन्धी प्रस्तावमा निर्णय हुने जनाएको छ । खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त हुनु भएका घिसिङको म्याद भदौ २९ मा सकिँदैछ ।

उन प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो । ऊर्जा मन्त्रालयका अनुसार कार्यकारी प्रमुखमा घिसिङको म्याद यसपटक दुई वर्ष थपिने सम्भावना छ । सरकारले प्राधिकरणमा नयाँ नियुक्ति गर्न अहिलेसम्म विज्ञापन गरेको छैन । यस्तोमा उनको कार्यकाल दोहोरिने सम्भावना प्रवल देखिएको हो ।

प्रकाशित मिति : २०७७, २५ भाद्र बिहीबार ००:००  ११ : २७ बजे