२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो



काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ४४ जनाको नमुना परिक्षण गर्दा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो सतिह नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

त्यसैगरी थप १ हजार ८ सय १८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३५ हजार सात सय पुगेको मन्त्रालयले जनाएको छ । संक्रमण निको हुने दर ७१ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४६ छ । संक्रमितमध्ये एक सय ६५ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २५ भाद्र बिहीबार ००:००  ४ : ४० बजे