२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् महत्वपूर्ण एजेन्डा



काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (शुक्रबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए । मन्त्री पुनले हालका लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने तयारीसमेत गरेको छ । सरकारले पर्यटनमन्त्री योगेश भट्टराईलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेको छ ।

यसअघि बिहीबार बोलाइएको बैठक प्रधानमन्त्रीका ब्ययस्तताको कारण शुक्रबारको लागि सारिएको हो ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार ००:००  ९ : १९ बजे