२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलप्रसादकाे राजनीति : का‌ंग्रेसका विद्यार्थीकाे विराेध, शिक्षककाे समर्थन



ओखलढुंगा । ओखलढुंगाका नेता शिक्षकहरु राजनीतिमा सकृय भएर लागेका छन् । विभिन्न राजनीतिक दलका शिक्षक संघ संगठनमा आवद्ध नेता शिक्षकहरु आफु आवद्ध दलको संगठन विस्तारमा खुलेरै लागेका हुन् ।

कोरोनाको कहरका कारण विद्यालय बन्द रहेको समयमा गाउँ गाउँमा शिक्षकहरु पार्टीको संगठन विस्तार देखि केन्द्रिय स्तरको बैचारिक बहसमा समेत सहभागी भईरहेका छन् । नेकपा र नेपाली कांग्रेसमा आस्था राख्ने नेता शिक्षकहरु पार्टीका गतिविधिमा बढि सकृय छन् ।

पछिल्लो साता नेकपाको संगठन सुदृढिकरण अभियानमा जुटेको आरोपमा बरुणेश्वर मावि रामपुरका प्रअ कुलप्रसाद खतिवडाको सामाजिक सञ्जालमा चार्को आलोचना भयो । खतिवडा आफैंले सामाजिक सञ्जाल फेसबुकमा नेकपामा कार्यकर्ताको प्रवेश लहर चलेको र आफुले समेत स्वागत गरेको तस्बिर राखेपछि कांग्रेस निकटका नेता, कार्यकर्ताले उनको कार्यशैली प्रति आपत्ति जनाए । कांग्रेसको निकट नेपाल विद्यार्थी संघले प्रअ खतिवडाको राजिनामा समेत माग गरेर विज्ञप्ति नै जारी ग¥यो ।

नेकपाका नेता कार्यकर्ता र नेकपाका विद्यार्थी संगठनहरुले खतिवडाको बचाउ गरे । त्यसयता सामाजिक सञ्जालमा खतिवडाको समर्थन र विरोधमा बहस भईरहेकै छन् ।

कांग्रेस निकट शिक्षक पनि उत्तिकै सकृय

ओखलढुंगामा कांग्रेस निकट शिक्षकहरु पनि पार्टीको गतिविधिमा उत्तिकै सकृय छन् । गाउँतहमा दृश्य वा अदृश्य रुपमा सबैजसो पार्टीका अधिकांश शिक्षक राजनीतिक पार्टीका काममा लागेको भएपनि बरुणेश्वर माविसका कुलप्रसाद खतिवडा जत्तिकै प्राप्चाका घनश्याम दाहाल, कुन्तादेवीका फणिन्द्र दाहाल र नन्दलाल गिरीलगायतका कांग्रेस निटक शिक्षकहरु सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर पार्टीका गतिविधिमा संलग्न छन् ।

जिल्लामा फुर्सदिला बनेका थुप्रै शिक्षक पार्टीका काममा सकृय छन् ।

शिक्षा क्षेत्र यो बेला तहसनहस बनेको भएपनि बैकल्पिक सिकाईको माध्यम नखोजेर शिक्षकहरु पार्टीका कामम जुटेको भन्दै अभिभावकहरुले असन्तुष्टि जनाईरहेका छन् ।

शिक्षकका संघ संगठन भन्छन् ‘खतिवडाका विरुद्धमा आएका अभिव्यक्ति आपत्तिजनक’

ओखलढुंगाका सबै शिक्षकका संघ संगठनले बरुणेश्वर माविका प्रअका विरुद्धमा आएका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । संयुक्त विज्ञप्ती जारी गर्दै शिक्षकका संघ संगठनले शिक्षकहरुको वाक स्वतन्त्रता र विगतको योगदानलाई अवमुल्यन हुने गरि सामाजिक सञ्जाल र केही अनलाईनमा समाचार आएको भन्दै आपत्ति जनाएका हुन् ।

नेकपा निकटका शिक्षक संगठन मात्रै होईन प्रअ खतिवडाको विरुद्धमा लाग्ने कांग्रेस निकट विद्यार्थीका अगुवा मानिने कांग्रेस निकट नेपाल शिक्षक संघले पनि प्रअ खतिवडाका विरुद्धमा आएका सबै अभिव्यक्ति आपत्ति जनक रहेको ठहर गरेको छ ।

नेपाल शिक्षक संघ, एकृकित अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा संयुक्त रुपमा निकालिएको विज्ञप्तीमा शिक्षक विरुद्धको अन्यायमा सबै संघ संगठन मिलेर प्रतिवाद गर्ने उल्लेख गरिएको छ ।

पढ्नुहाेस् विज्ञप्ती

खतिवडा भन्छन् : ‘मेरो व्यक्तिगत स्वतन्त्रता प्रयोग गर्न म स्वायत्त छु’

बरुणेश्वर माविका प्रअ कुलप्रसाद खतिवडाले आफ्नो चरित्र हत्या गर्न खोजेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खतिवडाले व्यक्तिगत स्वतन्त्रता प्रयोग गर्न आफु स्वायत्त रहेकाले आफ्नो विरुद्ध आईरहेका अभिव्यक्तिले अर्थ नराख्ने बताएका हुन् ।

पढ्नुहोस् खतिवडाको स्ट्याटस :

मेरो चरित्र हत्या गर्ने र समाज बिकास र रुपन्तरणमा मैले निर्वाह गरेको भूमिकाबाट अत्तालियर गाउका केही अपराधीक भाबना भएका गिरोहले बतासे अनलाइनको बैशाखी टेकेर अनर्गल र प्रतिशोधपूर्ण खबर प्रकाशित गर्दै त्यसलाइ गिरोह मार्फत नै व्यापक शेयर गरेको पाइयो।हिजो पनि जनयुद्धका सुराकिको रुपमा मलाई भौतिक रुपमा सक्ने अभ्यासमा लागेर असफल भएको त्यो गिरोह फेरि सल्बलाउन थालेको अनुभूति भएको छ।म यस्तो अनुरोध गर्न चाहन्छु,जनताको हित गरेर अगाडि बढ्नुस,कसैको चरित्र हत्या गरेर तपाइको अभिष्ट पूरा हुदैन।मैले पार्टी प्रबेश गराउनु पर्दैन,जनता आफै पार्टी प्रबेश गर्छन,२१औ शतब्दिका जनता आफै सचेत छन।मेरो शैक्षिक नेतृत्व र उपलब्धिको बारेमा सबैले बुझेकै कुरा हो।म पेशागत,शैक्षिक नेतृत्व र ने क पा लो बिचार सङग नजिक छु।मेरो नि ब्यक्तिगत स्वतन्त्रता होला,त्यो प्रयोग गर्न म स्वायत्त छु।आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रो देख्ने प्रबिति तर्फ बिचार गर्न पर्छ।नेपालको पेशागत आन्दोलान र त्यसको भूमिकालाइ अबमुल्यन गर्ने कोसिस गगरौ।बेलैमा चेतना भया ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार ००:००  १२ : ३२ बजे