२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ डीआईजीसहित देशभर २ हजार ६४२ प्रहरीमा कोरोना



काठमाडौं । ४ डीआईजीसहित देशभर २ हजार ६४२ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ८६६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । १२ सय चारजना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४४ र काठमाडौं उपत्यकाका ७२२ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५४, प्रदेश २ मा ९२, वाग्मती प्रदेशमा ८२, गण्डकीमा ८१, प्रदेश ५ मा १०२, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार ००:००  ३ : १५ बजे