२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १ हजार ४५४ कोरोना संक्रमित थपिए



काठमाडौं । उपत्यकामा ६९६ सहित शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा १० हजार ७०१ नमुना परिक्षण गर्दा १ हजार ४५४ मा कोरोना पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जना रहेका छन् ।यससँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या ३६ हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४ हजार २९५ रहेको छ । ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् । देशभर ६ जार ८ जना क्‍वारेन्टाइनमा रहेका छन् । संक्रमित मध्ये आइसीयूमा १७० जनाको उपचार भइरहेको छ भने २५ जना भेन्टिलेटरमा छन् । नेपालमा हालसम्म ८ लाख २१ हजार १८६ जनाको पीसीआर परिक्षण भएको छ ।

यसैबीच कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार ००:००  ५ : ०७ बजे