२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् प्राइम टेलिभिजनका दृश्य सम्पादक गौतम



काठमाडाैं । टिपरको ठक्करबाट नेपाली चलचित्रका दृश्य सम्पादक अनिल गौतमको मृत्यु भएको छ । उनी पछिल्लो समय प्राइम टेलिभिजनमा कार्यरत थिए ।

प्रहरीका अनुसार शुक्रबार राति १०ः५५ बजे बानेश्वरबाट घर फर्किने बेला तीनकुनेमा प्रदेश ३-०१-००३ क ४५६३ नम्बरको टिपरले उनी सवार मोटरसाइकललाई ठक्कर दिँदा गौतमको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा गाैतमकाे निधन भएको उनको परिवारिक स्रोतले जनाएको छ ।

उनलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ । गौमतले थुप्रै नेपाली चलचित्रमा दृश्य सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार ००:००  ११ : ५१ बजे