२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ हजार २०१ कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १० हजार १७६ जनामा पीसीआर परिक्षण गर्दा १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित हुनेहरुमध्ये काठमाडौं उपत्यकामा मात्रै ४३१ जना रहेका छन् । काठमाडौं जिल्लामा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ गरि उपत्यकामा ४३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

यस्तै थप ८५२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३७ हजार ५२४ पुगेको छ । यो संख्या कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार दुई सय ६० छ । त्यसमध्ये ९ हजार १०७ जना संस्थागतमा र ६ हजार एक सय ५३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमित भएका एक सय ६० जनाको आइसियू र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार थप १४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ३३६ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार ००:००  ५ : २१ बजे