२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रगतिको अनलाइन कक्षा प्रभावकारी बन्दै, जिल्लामै पहिलोपटक अनलाइन परीक्षाको तयारी



सिन्धुपाल्चोक । जिल्लाकै प्रतिष्ठित प्रगति अङ्ग्रेजी माध्यामिक विद्यालय मेलम्चीले कोरोना महामारीको बिचमा पनि विगत ३ महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्दै सफलतापूर्वक विद्यार्थीहरूको सिकाइ सहजिकरण गरिरहेको छ ।

विगत देखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै आएको यस विद्यालयले विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणको कारण निजी तथा सामुदायिक विद्यालयहरू बन्द रहेको अवस्थामा पनि गत आषाढ बाट नै नियमित अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक ऋषिराम नेपालले जानकारी दिए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको नियमित अनलाइन कक्षा सञ्चालन गर्दै आएको विद्यालयले यही भाद्र ३० गते देखी सञ्चालन गर्ने गरी जिल्लामै पहिलोपटक विद्यालय तहको अनलाइन परीक्षाको तयारी समेत गरेको प्रअ नेपालले बताए ।

जेठ १ महिना आधुनिक प्रविधि र अनलाइन कक्षा सम्बन्धी शिक्षक तालिम सञ्चालन गर्यौँ, आषाढ पहिलो हप्ता अभिभावक भेला गरी भेलाकै निर्णय अनुसार कक्षा सुरु गर्यौँ तर केही समय अघि सम्म अनलाइन कक्षा लाई सरकारले आधिकारिक मान्यता नदिँदा के गर्ने भन्ने अन्यौलता रहेपनि अब त्यो समस्या नभएकोले अनलाइनबाटै परीक्षाको तयारी गरिएको उनको भनाई छ ।

विद्यालयले माइक्रोसफ्ट कम्पनीको लाइसेन्स लिएर माइक्रोसफ्ट टिम मार्फत कक्षा सञ्चालन गरिरहेको छ । टिममा कक्षा लिँदा कक्षा चलिरहेको बेला बिद्युत्, इन्टरनेट वा अन्य कारणले कक्षामा सहभागि हुन असमर्थ भएपनि सो कक्षा आफ्नो च्यानलमै स्वतः रेकर्ड भएर बस्ने हुँदा आफ्नो अनुकुलमा हेर्न सकिने भएको र गृहकार्य, कक्षाकार्य लिने दिने गर्न पनि मिल्ने भएकोले आफूलाई निकै सहज भएको कक्षा १० की छात्रा सुहाना खड्काले बताइन् । उनले भनिन्, अनलाइन कक्षामा सम्बन्धित विषयको अडियो र भिडियो रिर्पोटहरु समेत हेर्न पाइने हुनाले पाठ बुझ्न अझै सजिलो भएको छ ।

माइक्रोसफ्ट टिम चलाउन हाल एनटिसी र एनसेल दुवैले तीन सय रुपैयाँमा बीस जीबी भन्दा बढी डाटा दिएकोले इन्टरनेट नहुनेले पनि सस्तोमै डाटाबाट कक्षा लिन सक्ने विद्यालयका शिक्षक विनय अधिकारीले बताए ।
 

कोराना महामारी र यसको प्रभावले देशभरका सुविधा सम्पन्न देखि दुर्गम क्षेत्रका शैक्षिक संस्थाहरु ठप्प रहेको अवस्थामा अभिभावकले दिएको साथ सहयोग र शिक्षक साथीहरूको अथक मेहनतका कारण सफतापुर्वक अनलाइन प्रबिधि बाट कक्षा सञ्चालन गर्न सकिएको विद्यालयका अध्यक्ष बिजयकृष्ण श्रेष्ठले जानकारी दिए । नियमित स्रोतको अभाव र चरम व्ययभारका कारण आर्थिक संकटमा भएपनि प्रतिकुल परिस्थिति बीच पनि विद्यालयले सामाजिक उत्तरदायित्व बहनको उच्चतम प्रयास गरेको उनको भनाई छ ।

कक्षा नर्सरीदेखी कक्षा पाँच सम्मका बिद्यार्थीहरुका लागि विद्यालयले आफ्नो सेवा क्षेत्रका बिभिन्न बीस वटा समुदायमा सिकाइ केन्द्र मार्फत कक्षा सञ्चालन गरेको र विगत १ महिना देखी प्रशासनको अनुरोधमा स्थगित गरिएका ती केन्द्रहरु स्थानीय तह संग अनुमति लिई यसै हप्ता देखि पुनः सञ्चालन हुने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार ००:००  ८ : ०३ बजे