२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यका व्यापी अनलाइन कविता वाचन प्रतियोगिता सम्पन्न



काठमाडौं । उपत्यका व्यापी अनलाइन कविता वाचन प्रतियोगितामा ज्ञानभूमि स्कुल कक्षा-६ मा अध्ययनरत छात्र क्रिस्मादा भट्ट  प्रथम भएका छन् । नेशनल प्याब्सन काठमाडौँले शनिबार आयोजना गरेको उपत्यकाव्यापी अनलाइन कविता वाचन प्रतियोगितामा न्यु भिजन स्कुल कक्षा-७ की छात्रा  श्रेया दाहाल द्वितीय र ग्रीन फिल्ड स्कुल कक्षा-१० की छात्रा सुस्मिता सापकोटा तृतीय भएकी छन् । 

प्रतियोगितामा वाल्मीकि क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. गणेशप्रसाद घिमिरे र सोही क्याम्पसका उपप्राध्यापक डा. माधवप्रसाद लामिछानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रमुख प्राज्ञ जिवेन्द्र देव गिरी, नेशनल प्याब्सन राष्ट्रिय अध्यक्ष रितु सापकोटा,  महासचिव सुवास न्यौपाने, वरिष्ठ सल्लाहकार कर्ण बहादुर शाही लगायतको उपस्थित रहेको थियो । 

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार ००:००  ८ : ५४ बजे