२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थगित भिसा सेवा सुरु



काठमाडौं । अध्यागमन विभागले स्थगित भिसा सेवा आज आइतबारदेखि सुरु गरेको छ । सरकारले १६ भदौदेखि सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार हाल सीमित संख्यामा दैनिक ८ सय जना यात्रुले अन्तर्राष्ट्रिय उडानको सुविधा लिइरहेका छन् । सरकारले अब अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै दैनिक ३ हजारसम्म यात्रुलाई सेवा दिने तयारी गरेसँगै विभागले पनि स्थगित भएको भिसा सेवा फेरि सुरु गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार भिसाको म्याद सकिएकालाई ११ असोजसम्म भिसा शुल्क मात्रै लिई नवीकरण गर्ने र कुनै पनि विलम्ब शुल्क नलाग्ने जनाएको छ ।

प्रकाशित मिति : २०७७, २८ भाद्र आइतबार ००:००  १२ : ४४ बजे