२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १ हजार ३९ कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा आइतबार थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ९ हजार १६५ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसमेत देशभर संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

त्यसैगरी थप १ हजार १ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको प्रवक्ता गौतमले बताए । मन्त्रालयका अनुसार संक्रमण निको हुने दर ७१.५ प्रतिशत रहेको छ ।

हाल ६ हजार ५३६ जना क्वारेन्टाइनमा छन् । सक्रिय संक्रमित भने १५ हजार एक सय १७ जना छन् । त्यसमध्ये सात हजार सात सय ३० जना संस्थागत र सात हजार तीन सय ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये एक सय ७९ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए ।

प्रकाशित मिति : २०७७, २८ भाद्र आइतबार ००:००  ४ : ४३ बजे