२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिक्कल गाउँपालिकाको बजेट पुस्तिका सार्वजनिक



सिन्धुली । सिन्धुलीको फिक्कल गाँउपालिकाले सातौँ गाउँसभाबाट पारित आर्थिक बर्ष २०७७/७८ को निती कार्यक्रम, बजेट तथा निर्णयहरु समेटिएको पुस्तक सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममार्फत पालिका अध्यक्ष धनबहादुर कार्कीले चालू आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट समावेश भएको पुस्तक सार्वजनिक गरेका हुन् ।

‘सडक शिक्षा र बिजुली फिक्कल विकाशको पुर्वाधार कृषि वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने मूल नारा सहित आयोजना गरिएको उक्त कार्यक्रमको  संचालन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपानेले गरेका थिए ।

जनताको मागका आधारमा पुस्तकमा सातौं गाउँसभाबाट स्वीकृत वार्षिक नीति, कार्यक्रम, बजेट तथा अन्य निर्णय गाउँपालिकाले समेटेको छ । कार्यक्रममा पालिका अध्यक्ष कार्कीले गाउँसभाबाट जनताले माग गरेका आधारमा नीति तथा कार्यक्रम तय भएको जानकारी दिए ।

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि पूर्वाधार विकासतर्फ ५ करोड ७० लाख, स्वास्थ्य सेवातर्फ २० लाख, शिक्षातर्फ ५५ लाख, कृषि तथा पशु सेवातर्फ ४० लाख, महिला, बालबालिका तथा समाज कल्याणतर्फ २३ लाख ४९ हजार ३ सय ५४ र युवा खेलकुदतर्फ २५ लाख रुपैयाँ विनियोजन गरेको छ भने उद्योग व्यवसायतर्फ ५ लाख, न्याय क्षेत्रतर्फ १० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख, कोरोना कोष व्यवस्थापनमा १० लाख, विपद् व्यवस्थापनमा १५ लाख विनियोजन गरिएको प्रवक्ता राजु बरालले जानकारी दिए ।

त्यस्तै, समपूरक कोष ३ करोड, अक्षय कोष ३० लाख, रोजगार सहायता कोष ५० लाख, सहकारी तथा वित्तीय संस्थातर्फ ५ लाख र विधेयक समितिमा १ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ आश्विन आइतबार ००:००  १ : १८ बजे