२०८१, २२ बैशाख शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज राष्ट्रिय बाल दिवस मनाइँदै



काठमाडौं । आज (सोमबार) राष्ट्रिय बाल दिवस । विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ मनाइँदैछ ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग भर्चुअल संवादको आयोजना गरेको छ । बालबालिका र तिनको सुरक्षा तथा संरक्षणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै हरेक वर्षको भदौ २९ मा यो दिवस मनाउने गरिन्छ ।

नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनको सम्झनामा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्ष भने कोरोना भाइरस महामारीका कारण औपचारिक रुपमा भेला हुने कार्यक्रम आयोजना गरिएको छैन ।

दिवसका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीले शुभकामना सन्देश जारी गरेका छन् ।

प्रकाशित मिति : २०७७, २९ भाद्र सोमबार ००:००  ९ : १३ बजे