२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक पहिरोः थप दुई शव भेटियो, १८ अझै बेपत्ता



काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा ७ स्थित घुम्थाङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति आएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव भेटिएको छ । आइतबार साँझसम्म ११ जनाको शव भेटिएको थियो । योसँगै भीरखर्क र नागपूजे पहिरोमा परी मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । पहिरोमा परी अझै १८ जना बेपत्ता छन् ।

उनीहरुको खोजी कार्य जारी रहेको वडा ७ का अध्यक्ष मीनबहादुर श्रेष्ठले जानकारी दिए ।

पहिरोले ३० घर पूर्ण रुपमा क्षति भएको नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए । साथै उक्त पहिरोले ६० घर उच्च जोखिममा परेको उनले बताए ।

प्रकाशित मिति : २०७७, २९ भाद्र सोमबार ००:००  १० : ३२ बजे