२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ जनप्रतिनिधिलाई काेराेना पुष्टि



अनलाइन सराेकार

भक्तपुर – भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘कन्ट्याक्ट ट्रेसिङ गर्ने र उहाँको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतका काम हुन्छ ।’

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको देखाइएकाे थियाे ।

प्रकाशित मिति : २०७७, १० जेठ शनिबार ००:००  ४ : ३७ बजे