२०८१, २१ बैशाख शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मीका नगर प्रमुखलाई कोरोना संक्रमण



काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

श्रेष्ठले आफूसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर चेक गर्न र सजगता अपनाउन समेत अनुरोध गरेका छन् । जनताको सेवामा अहोरात्र खटिँदै आएको र कामको सिलसिलामा कोरोना पुष्टि भएको श्रेष्ठको भनाई छ ।

उनले कोरोना जितेर आफू चाँडै काममा फर्किने विश्वास लिएका छन् ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार ००:००  १२ : २३ बजे