२०८१, २१ बैशाख शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ का विद्यार्थीको विवरण बुझाउन बोर्डको निर्देशन



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको सबै विवरण सात दिनभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन निर्देशन दिएको छ । परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरु मध्ये कोभिड–१९ महामारीका कारण के कति विद्यार्थी विद्यालयभन्दा फरक जिल्ला र स्थानमा बसोबास गरिरहेका छन् भनी तथ्यांक संकलन गर्न बोर्डले विवरण माग गरेको हो ।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० का उप नियन्त्रक महेश्वर शर्माले विद्यार्थीको सबै विवरण बुझाउन सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए । उपनियन्त्रक शर्माका अनुसार सबै विद्यार्थीहरुको अवस्थाबारे विवरण पाइसकेपछि मात्रै कक्षा १२ को परीक्षाबारे निर्णय लिइने छ ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार ००:००  २ : ४८ बजे