२०८१, २१ बैशाख शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार ! ३ जना आराेपित पक्राउ



ओखलढुंगा । ओखलढुंगामा बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका तीन जना पक्राउ परेका हुन् ।

पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई बालक सहित १८ वर्षका एक किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । उनका अनुसार तीन जना मिलेर बालिकालाई भदौ २४ गते सामुहिक बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ ।

प्रहरी चौकी घोराखोरीको टोलीले आरोपित तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ल्याएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक बस्नेतको भनाइ छ । बालिकाको स्वास्थ्य परिक्षण पछि उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार ००:००  ३ : २० बजे