२०८१, २१ बैशाख शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ हजार ४५९ कोरोना संक्रमित थपिए, १ हजार ६२ डिस्चार्ज



काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको नमुना परिक्षण गर्दा १ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

यस्तै थप १ हजार ६२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ४० हजार ६३८ पुगेको छ । संक्रमित निको हुने दर ७१.५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

सक्रिय संक्रमित भने १५ हजार ७७९ जना छन् । त्यसमध्ये आठ हजार १३९ जना संस्थागत र ७ हजार ६ ४० जना होम आइसोलेसलनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १७४ जनाको आइसियू र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप ११ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार ००:००  ४ : ३० बजे