२०८१, २१ बैशाख शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असोज १ देखिनै लामो दुरीका यातायात चल्ने



काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्ने भन्दै गत चैत बन्द गरिएका लामो दुरीका यातायातका साधन असोज १ गते बिहीबार देखि खुला हुने भएका छन् । मन्त्रीपरिषदले असोज १ गतेदेखि लामो दुरीका यातायातका साधन समेत चल्न दिने निर्णय गरेसँगै सार्वजनिक सवारी औपाचरिक रुपमै खुला भएका हुन् ।

सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १ गतेदेखि देखि लामो दुरीका लगायत सबै किसिमका सार्वजनिक सवारी खुला गर्ने निर्णय गरिएको जानकारी गराएका हुन् । यसअघि कोरोना महामारी नियन्त्रण गर्ने भन्दै सरकारले गत चैत ५ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो ।

तर, त्यसपछि औपचारिक रुपमा खुला नभएपनि लुकीछिपी सवारी साधन चलिरहेका थिए । १ गते देखि खुला गरिएका सवारी साधनमा यात्रुबाट डेढ गुणासम्म बढी सवारी भाडा लिन पाउने छुट सरकारले यातायात व्यवसायीलाई दिएको छ ।

सवारीमा भएको सिट क्षमताको आधा यात्रु र सवारीको एकातिर मात्रै राख्न पाउने गरी सार्वजनिक यातायात खुला गरिएको ज्ञवालीले बताए । यातायात सञ्चालन गर्दा सुरक्षाका मापदण्ड अपनाउन पर्ने ज्ञवालीको भनाई थियो ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार ००:००  ७ : ५२ बजे