२०८३, ७ असार आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृत्युपछि कोरोना परीक्षण गर्नुपर्दैन: स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका हुन् ।

मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ, तर अब त्यस्तो नगर्न निर्देशन छ, उनले भने, “कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको मृत्यु भएर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

उनका अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त निर्णय गरेको हो । शव व्यवस्थापनसम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताए ।

सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, ३१ भदौ बुधबार ००:००  ५ : ५० बजे