२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ का मुख्यमन्त्री विरुद्धको मुद्दा फिर्ता, बालिकाका सबै आरोप झुटो सावित !



काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको मुद्दा फिर्ता भएको छ । मुख्यमन्त्री राई आफ्नो पति भएको दावी गर्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी थिईन् । खड्काले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि आफुले दायर गरेका मुद्दा आरोप प्रमाणित गर्ने आधार नभएपछि  आफैंले फिर्ता लिएकी हुन् ।

अरुको दुरुत्साहनमा परि मुख्यमन्त्री राई विरुद्ध झुटो आरोप लगाएर मुद्दा दिएको र उक्त आरोप प्रमाणित गर्ने आफुसँग कुनै प्रमाण नरहेको भन्दै बालिकाले अदालतमा विचराधिन रहेको मुद्दा फिर्ता लिएकी छन् ।

अरुको उक्साहटमा लागेर मूख्यमन्त्री राई आफ्नो श्रीमान भएकोले अंशबण्डा पाँउ भनी उजुर गरेकोमा प्रतिवादी भनिएका राईलाई अदालतको म्याद नपुग्दै निबेदिका खड्काले मुद्दा फिर्ता लिएकी हुन् ।

मुख्यमन्त्री राईका विरुद्ध श्रृङ्खलावद्ध रुपमा लागेकि खड्काले दायर गरेको मुद्दा उपर काठमाण्डौ जिल्ला अदालतले कात्र्तिक १८ गते तारेख तोकेको थियो । अन्ततः बिना आधार प्रमाणको मुद्दा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ बमोजिम खड्काले फिर्ता लिएकी छन् । ‘सम्मानित जिल्ला अदालतमा दर्ता गरेको फिराद पत्रमा उल्लेखित व्यहोरा म आफु अरुको दुरुत्साहनमा परि विपक्ष शेरधन राईकी श्रीमती भनि दावी गरि अंश माग गरिएको हो । निज शेरधन राईसँग अंश माग गर्नका लागि श्रीमान श्रीमतीको नाता कायम भएको वा हुनसक्ने म सँग कुनै आधार प्रमाण नभएको र वास्तविकरुपमा हाम्रो त्यस्तो् कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायम हुन नसक्ने भएपनि म आफुले लिएको अंश दावि सावित गर्न नसक्ने प्रमाणित गर्न नसक्ने भएको हुँदा मिति २०७७/७/१८ को तारेख तोकि पाएता पनि उक्त तारेख आजका मितिमा खिची मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ बमोजिम यो मुद्दा फिर्ता लिएको कागज लेखि लेखाई श्री काठमाण्डौ जिल्ला अदालतमा चढाएँ ।’ यो व्यहोरा खड्काले मुद्दा फिर्ता लिन अदालतमा दर्ता गरेको निवेदनमा उल्लेख छ ।

यो हेर्नुहोस् ।

मुख्यमन्त्री राईविरूद्धको मुद्दा प्रमाणित गर्न नसक्ने व्यहोरा सहित स्वयं खड्काले निवेदन दिएर फिर्ता लिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए ।

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ मा नेपाल सरकार बादी हुने मुद्दामा बाहेक अन्य कुनै पनि मुद्दामा मुद्दाको पक्षले फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्रमा आफूले लिएको दाबी त्यागी सो दाबी फिर्ता लिनको लागि वा आफ्नो दाबी सावित गर्न नसक्ने वा दाबीको प्रयोजन समाप्त भएको कारण देखाई सो फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र फिर्ता लिनको लागि मुद्दाको फैसला हुनु अघि जुनसुकै बखत अदालतमा निवेदन दिन सक्ने प्रावधान छ । उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा अदालतले निवेदन माग बमोजिम फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र फिर्ता लिन अनुमति दिने आदेश गर्नु पर्नेछ । उपदफा (२) बमोजिम फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र फिर्ता लिने आदेश भएमा अदालतले सो मुद्दाको लगत कट्टा गर्नु पर्नेछ । त्यसैको दफा (४) बमोजिम कसैले फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र फिर्ता लिएकोमा सोही व्यक्तिले त्यस्तो फिरादपत्र, पुनरावेदनपत्र वा निवेदनमा विपक्ष बनाइएका व्यक्ति उपर सोही विषयमा उजुर गर्न सक्ने छैन ।

कानुन अनुसार अब यहि मुद्दामा खड्काले फेरि उजुर गर्न पाउने छैनन् ।

मुख्यमन्त्री राईको सफलता र लोकप्रियताको विरुद्ध लाग्नेहरुको उक्साहटमा प्रयोग भएर खड्काले लामो समय देखि मुख्यमन्त्री राईको चरित्रहत्या गर्दै आएकी थिईन् ।

खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएर अदालत सम्म पुगेकि थिईन् । सञ्चारमाध्यम र विभिन्न फोरममा राई विरुद्ध लागेकी खड्काको झुटो आरोप लगाएर मुख्यमन्त्रीलाई फसाउने योजना अन्ततः अदालतमा पुगेपछि टुंगिएको छ । यसअघिका उनका सबै आरोप र भनाईहरु गलत भएको उनले अदालतमा पेश गरेको मुद्दा फिर्ताको निवेदनले गलत सावित गरिदिएको छ ।

बालिकाको मुद्दाका विषयमा मुख्यमन्त्रीका विरोधीहरुले चर्चा गरेपनि आरोप झुटा रहेको भन्दै नेकपाका शिर्ष नेताहरुले विगत देखिनै वेवास्ता गर्दै आएका थिए । 

खड्काले अरुको दुरुत्सानमा आरोप लगाएको भनि निवेदन दिएपछि अदालतले उक्त मुद्दा फिर्ता भएको आदेश जारी गरेको छ । ‘बादी बालिका खड्का र प्रतिवादी शेयरधन राई भएको अंशचलन मुद्दामा, बादीले प्रतिवादी उपरको दाबी प्रमाणित गर्न नसक्ने हुंदा मुद्दा फिर्ता गरि पाँउ भनी ईजलाश समक्ष निबेदन दिएको र सोही निबेदन बमोजिम यो मुद्दा फिर्ताको कागज तयार पारी यसको मतलब र परिणाम समेत बादीलाई सम्झांउदा बुझाउंदा समेत मुद्दा फिर्ता लिन मन्जुर भइ सहिछाप समेत गरिदिएकोले प्रस्तुत मुद्वा मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६(२) बमोजिम प्रस्तुत मुद्दा फिर्ता गरिन्छ । प्रस्तुत मुद्वा दायरीको लगत कट्टा गरि मिसिल नियमानुसार गरि अभिलेख शाखामा बुझाइदिनु ।’ अदालतले आदेशमा भनेको छ ।

सत्यको जीत स्वभाविक : मुख्यमन्त्री राई

आफु विरुद्ध लामो समय देखि विभिन्न आरोप लगाउँदै आएकी बालिका खड्काले अदालतमा पुगेको मुद्दा फिर्ता लिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सत्यको जीत स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । आफुले विगत देखिनै यो आरोप अस्विकार गर्दै आएको र आरोप लगाउने व्यक्ति स्वयंले गलत आरोप लगाएको स्विकार गरिसकेकाले यस विषयमा थप बहस आवश्यक नरहेको मुख्यमन्त्री राईको भनाई उद्रित गर्दै उनी निकट एक नेताले भने, ‘मुख्यमन्त्री ज्यूलाई फसाउन गरिएको डिजाईन आज आएर गलत सावित भएको छ । सत्यको जित १ दिन हुन्छ भन्ने प्रमाणित भयो । यसलाई मुख्यमन्त्री ज्यूले स्वभाविकरुमा लिनुभएको छ । विगतमा पनि उहाँले यो स्विकार्नुभएको थिएन आखिर गलत नै सावित भयो ।’ मुख्यमन्त्री निटकका व्यक्तिहरुले गलत आरोप लगाएर सम्मानित व्यक्तिको चरित्रहत्या गर्ने विरुद्ध कारबाही गर्न माग गरेका छन् ।

बालिकाले नै आफु झुटा रहेको स्विकार गरेपछि बालिकाको नाम र मुद्दा बाकेर मुख्यमन्त्रीका विरुद्ध लाग्नेहरुलाई तनाव सिर्जना भएको छ ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार ००:००  ७ : ४३ बजे