२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीको नियन्त्रणमा रहेका ४ आरोपी हत्कडीसहित फरार



काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएका ४ जना आरोपी प्रहरी कार्यालयबाट भागेका छन् । गएराती सोधपुछका लागि ल्याएका ४ जना आरोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।

प्रहरी घेरा तोडेर हत्कडी सहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । हत्कडी लगाएरै थुनुवा कसरी भागे भन्नेबारे शंका उब्जिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

प्रकाशित मिति : २०७७, २ आश्विन शुक्रबार ००:००  ४ : २३ बजे