२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान दिवसमा २८९ जनाको कैद मिनाह



काठमाडौं । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारितमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।

यस्तै, राम दयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद र जरिवानसमेत माफी गरिएको छ ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २ आश्विन शुक्रबार ००:००  ७ : ३९ बजे