२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाअध्यक्षको योजना : १२ कक्षा सम्म गाउँमै निःशुल्क शिक्षा



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुकदेव रिसालले एकपछि अर्को लोकप्रिय काम गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा जनताका आवश्यकता र समयको मागका आधारमा काम गर्ने कसम खाएर चुनाव जितेका जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी नभएको देशका अधिकांश ठाउँमा आवाज उठिरहेपनि वडाअध्यक्ष रिसालले निरन्तर जनपक्षीय काम गरिरहेको पाईएको हो ।

विगतमा सहज परिस्थीती हुँदा मात्रै होईन अहिलेको कोरोनाको कहरमा पनि निकै रचनात्मक कामहरु गरिरहेका छन् ।

केही दिन अघि चन्दा उठाएर कोरोनाका संक्रमतिलाई उपचार गर्ने मिनि अस्पताल बनाएर चर्चामा आएका वडाअध्यक्ष रिसालले अहिले अर्को योजना अघि सारेका छन् ।

उनले गाउँमै स्थानीय विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क पढाइने भएका छन् । धुस्कुनमा रहेको महेन्द्रप्रताप माध्यामिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क पढाउने व्यवस्था मिलाईएको वडाअध्यक्ष रिसालले अनाइन सरोकारसँग बताए । एसइईपछि आफूले इच्छाएको विषय अध्ययन गर्न महङ्गो खर्चमा आफ्नो गाउँ छोडेर सहर बजार जाने विद्यार्थीलाई आफ्नै गाउँमा निःशुल्क शिक्षा दिन लागिपरेको उनको भनाई छ । गरिव तथा विपन्न परिवारका विद्यार्थी खर्च अभावमा पढाईबाट बञ्चित हुन नदिन यो योजनाले भूमिका खेल्ने र गाउँका सामुदायिक विद्यालय प्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

जनप्रतिनिधिको योजनालाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम न्यौपाने र प्रध्यानाध्यापक सुरज भट्टराईले पनि साथ दिएका छन् ।

सरकारले प्रत्येक बालबालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क पाउने भनेर घोषणा गरेको भए पनि हालसम्म कुनै पनि विद्यालयमा त्यस्तो व्यवस्थाका छैन ।

प्रकाशित मिति : २०७७, २ आश्विन शुक्रबार ००:००  १० : १७ बजे