२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हतुवागढी गाउँपालिका उपाध्यक्षको निधन



भोजपुर । हतुवागढी गाउँपालीकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ।
उपाध्यक्ष राईको शनिवार बिहान विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

केही दिनअघिबाट सामान्य ज्वरो, पखालाबाट बिरामी भएकी राईलाई घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिन उपचार गरिएको थियो। उनलाई जण्डिससमेत देखिएको थियो ।

स्वास्थ्यमा सुधारपछि डिस्चार्ज गरिएपनि अचानक रक्तचाप कम भएको र खाना नरुच्ने समस्या देखिएपछि थप उपचारका लागि उनलाई धरान पठाइएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले जानकारी दिए ।

उनी तत्कालीन नेकपा एमालेबाट गाउँपाालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २०७७, ३ आश्विन शनिबार ००:००  ११ : २६ बजे