काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकदारहरुको बदमासीले नै रसायनिक मल नआउको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री भुसालले यस्तो धारणा राखेका हुन् ।
साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए ।
‘कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित हुँदैन,’ । विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुकै कारण समस्या उत्पन्न भएको उनको भनाइ थियो ।
टेण्डर गरेर मल आयात गर्न दुई तीन महिनाको समय दिँदा ठेकदार सम्झौता गर्न नआएको, सम्झौता गरेपछि एलसी गर्न नआएको तथा एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपरेको मन्त्री भुसालले बताए ।











