२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ हजार २०४ संक्रमित थपिए, १ हजार ४४७ डिस्चार्ज



काठमाडौं । नेपालमा शनिबार थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा १ हजार २ सय ४ जनामा जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

यस्तै गत २४ घण्टामा १ हजार ४ सय ४७ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किसकेका छन् । संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमित भने १७ हजार १२९ मात्र छन् । त्यसमध्ये ९ हजार १५३ जना संस्थागत र ७ हजार ९७६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १७९ जनाको आइसियू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टायता थप ११ जनाको मृत्यु भएको छ । यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । मृत्यु हुनेमा मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया, ललितपुरमा ७६ र ६८ वर्षीया, काठमाडौंमा ७७ वर्षीया तथा मकवानपुरमा ३६ वर्षीया महिलाको मृत्यु भएको छ । साथै ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, ३ आश्विन शनिबार ००:००  ४ : ३८ बजे