काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) महामारी सुरु भए यता निजी विद्यालयमा कार्यरत तीन हजार शिक्षक बेरोजगार भएका छन् ।
गत चैत यता काठमाडौं उपत्यकामा मात्रै दुई सय शिक्षक निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मात्रै पढाई हुने विद्यालय र अतिरिक्त क्रियाकलाप पढाउँदै आएका शिक्षकहरू बढी निष्कासनमा परेका छन् ।
अधिकांश शिक्षक कर्मचारीहरूले पछिल्लो ६/७ महिनादेखि तलब नपाईरहेको थापा बताउँछन् । केही बोर्डिङहरूले पनि निश्चित प्रतिशत तलब उपलब्ध गराउँदै आएका छन् । महँगो शुल्क लिने र लकडाउनको समेत शुल्क असुलेका ठूला निजी विद्यालयमले नै तलब दिन आनाकानी गरिरहेको इस्टुले जनाएको छ ।