२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानले ‘रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार’ दिएको छ: सांसद सुनुवार



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् । संविधान दिवसका सन्दर्भमा संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनीहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन भएको सविधानसभाबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको बताए ।

ओखलढुङगाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद यज्ञ सुनुवारले संविधानसभाले पाँच वर्षअघि समावेशी संविधान उपलब्ध गराएको हुँदा प्रत्येक नेपालीले असोज ३ लाई राजनीतिक र सवैधानिक हिसावले ऐतिहासिक उपलब्धि हासिल गरेको दिनका रुपमा स्मरण गरिरहने बताए । उनले मुलुकमा सङ्घीयताको पहिलो अभ्यास भएको हुँदा कानुन नबनेकाले प्रारम्भमा केही अलमलजस्तो देखिएपनि रेडियोमा सुन्ने सरकार होइन, घरदैलोमा भेटिने सरकार चाहिन्छ भन्ने जनताको चाहनालाई तीन तहका सरकार रहने व्यवस्थाले सम्वोधन गरेको छ बताए ।

सङ्घीयताको आधार स्थापित गर्दै जनतालाई अधिकार उपलब्ध गराउने विषयमा राज्यले क्रमशः उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताउदै नेता सुनुवारले मुलुक समृद्धितर्फ उन्मुख भइरहेको परिणाम र सूचकले देखाएका हुँदा विकासको गतिलाई ‘छुमन्तर’का रुपमा नबुझिदिन आग्रह गरे । सिन्धुलीबाट प्रतिनिधित्व गर्नुहने साँसद गणेशकुमार पहाडीले आन्दोलनका उपलब्धिका रुपमा प्राप्त भएका सङघीयताको संस्थागत र संविधानको स्थायित्वको जिम्मेवारी सरकार, जनता र राजनीतिक दलको काधँमा रहेको बताए ।

दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने साँसद गणेश ठगुन्नाले नयाँ संविधानले नेपालको सवै जातजाति, धर्म, क्षेत्र र समुदायको आर्थिक, सामाजिक र सास्कृतिक अधिकारलाई सस्थागत गर्ने स्पष्ट मार्ग कोरेको बताए ।

लोकतन्त्रका लागि जनताले ७० बर्षभन्दाबढी समयदेखि गरेका विभिन्न आन्दोलन र बलिदानको उपलब्धिका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको बताउदै साँसद ठगुन्नाले भने, “गतिशील दस्तावेजका रुपमा रहेको यो संविधानमा जनताका सवै अधिकार सुनिश्चित गरिएको छ, सवै राजनीतिक दलले सम्झौता र सहमतिको साझा दस्तावेजकारुपमा यसलाई स्वीकार गरेका छन् ।” नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाको विशेष बैठकमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले जारी गरेका हुन् । साँसद त्रय तत् जिल्लाबाट लगातार दुई पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने युवा नेता छन् । -रासस

प्रकाशित मिति : २०७७, ३ आश्विन शनिबार ००:००  ९ : ३० बजे