२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्रग्सको मुद्दामा नाम जोडिएकी रकुल पुगिन् अदालत



काठमाडाैँ । नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेको भन्दै अदालत पुगेकी छिन् ।

रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् ।

 नायिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोको दबाबमा आएर आफ्नो नाम लिएको समेत रकुलको तर्क छ । रकुलले आफ्नो नाम बदनाम गरिरहेका न्यूज मिडियालाई कारवाहीको समेत माग गरेकी छिन् ।

रकुलको उजुरीपछि अदालतले भारतको केन्द्र सरकारसँग यसको जवाफ मागेको छ । मिडियाले पनि रियाको मुद्दामा रकुलसँग सम्बन्धित बिषयलाई ध्यान दिएर प्रशारण गर्ने अपेक्षा पनि गरेको छ ।

प्रकाशित मिति : २०७७, ४ आश्विन आइतबार ००:००  ७ : ४२ बजे